बुधबार चर्चित र्‍यापर बालेन शाहले आउँदो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरे। उनको यो घोषणाले ल्याएको तरंग सेलाउन नपाउँदै अर्का चर्चित गायक स्वप्निल शर्माको भनाइले नयाँ तरंग थपेको छ।

र्‍यापर बालेनको मेयरमा उम्मेदवारी दिने घोषणाबाट उत्साहित हुँदै उनले आफू बालेन शाहको झोला बोक्न तयार रहेको बताएका छन्।

गायक स्वप्निलले बालेको घोषणापछि आफ्नो फेसबुकमा उनलाई ट्याग गर्दै लेखेका छन्, ‘म बालेन शाहको झोला बोक्न तयार छु।’

यसमा उनले ‘युथअनपोलिटिक्स’ भन्दै ह्यासट्याग पनि गरेका छन्। त्यही पोस्टमा सम्पादन गर्दै उनले बालनलाई सोधेका छन्, ‘पार्टी चै कुन पर्‍यो भाइ?’

स्वप्निलको स्टाटसमा कमेन्ट गर्दै बालेनले जवाफसमेत दिएका छन्।

‘मेरो दाइ, माया मात्रै छ हजुरका लागि,’ हाँसेको इमोजीसहित उनले लेखेका छन्, ‘स्वतन्त्र हो दाइ।’

र्‍यापर बालेनकी म्यानेजर सबिना काफ्लेले काठमाडौं मेयरका लागि उम्मेदवारी दिने विषयमा केही दिनमै थप जानकारी सार्वजनिक गरिने बताएकी छन्।

उनले सेतोपाटीसँग भनिन्, ‘उहाँले उम्मेदवारी दिनेबारे चाँडै जानकारी सार्वजनिक गर्ने तयारी भइरहेको छ।’

Source: https://bit.ly/3DygibQ

Leave a Comment