बालेन शाह ‘हिपहप’ जगतका लागि चिरपरिचित नाम हो। उनको र्‍यापलाई मन पराउने ठूलो युवा जमात छ।

उनै र्‍यापर बालेन शाहले केही दिनअघि आफू काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेका छन्।
उक्त घोषणापछि अहिले उनको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। उनले आगामी स्थानीय तहको निर्वाचनमा आफू स्वतन्त्रतर्फ काठमाडौंको मेयरमा उठ्ने बताएका छन्।

भारतबाट इन्जिनियरिङ पढाइ सकाएका बालेन आफू मेयरमा निर्वाचित भए काठमाडौंको जाम, प्रदूषणको समस्या हल गर्ने बताउँछन्।

उनले मेट्रो रेलसम्मको योजना आफ्नो एजेन्डामा रहेको बताए।

हेर्नुस्, बालेनसँग कुराकानी गरेर तयार पारेको यो भिडिओः

Source:https://bit.ly/3uOVqJp

Leave a Comment